Showing posts with label मेरो चिट्ठी. Show all posts
Showing posts with label मेरो चिट्ठी. Show all posts

♥ सानुलाई चिट्ठी

मेरी प्यारी सानु !
चोखो माया जुनी-जुनीलाई मेरो स्वीकार ल!

     प्रिय! भगवानको यो लिला कसले बुझ्न सकेको छ र है! बर्षौ देखि बिछोडको बेदना सहेर बसेका छौं। मन र मुटुलाई जलाएर बस्नु परेको छ, कति नराम्रो लाग्छ होला तिमीलाई। तर आशा गर सानु, एक दिन अवश्य तिम्रो खुसि लिएर तिम्रो अगाडी आई पुग्ने छु। माया चोखो छ, मन भित्र बाँधेर राखेको छु। तिम्रो सम्झना अनि दिन रात तिम्रै कल्पनामा दिनहरु बितेका हुन्छन मेरा। बिश्वास नगर्लिउ तर पशुपतिनाथ, बुढासुब्बा, दन्तकाली, पाथिभरा, लक्ष्मीस्थान, पिण्डेश्वरी मन्दिरमा खाएका बाचा-कसम भुलेको छुईन। मनमा भगवानको बास छ, त्यसैले तिम्रो चोखो  मायालाई कहिले पनि लत्याउने छुईन सानु! आई लभ यु संधै भरि है !
उही तिम्रो परदेशी
 कबिन्द्र ♥